234
Shares
आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ८० रुपैयाँले घटेर ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ९ सय ५ रुपैयाँ रहेको थियो।