ट्रेन्डिङ

Logout

जीवन विकास हरिनगरा शाखाद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

468 Shares

सुनसरी। जीवन विकास लघुवित्त वित्तीय संस्था लि. हरिनगरा शाखाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूलाई वित्तीय साक्षरता, बचतको महत्व, ऋण व्यवस्थापन तथा आर्थिक अनुशासन सम्बन्धी जानकारी प्रदान गरिएको छ ।

गोष्ठीमा वार्षिक मूल्याङ्कनको आधारमा उत्कृष्ट कार्य गर्ने सदस्यहरूलाई विभिन्न विधामा प्रमाणपत्र, नगद पुरस्कार तथा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । संस्थाले यस्ता कार्यक्रममार्फत सदस्यहरूको क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रम संस्थाका केन्द्र कार्यालयका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीको अध्यक्षता र हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी मियाँको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत, वडा नं. ४ का अध्यक्ष देवनारायण मेहता तथा वडा नं. १ का अध्यक्ष प्रविन प्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शाखा प्रमुख राकेश कुमार ठाकुर, लेखा विभागीय प्रमुख तथा प्रबन्धक अन्जय कुमार मण्डल, इलाका प्रहरी कार्यालय हरिनगरका प्रमुख कृष्ण बहादुर श्रेष्ठ तथा अन्य अतिथि एवं सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि हाजी गफार अन्सारीले जीवन विकासले समाजमा उदाहरणीय कार्य गर्दै आएको त्यसमा विशेषगरी महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले महिलाको सशक्तिकरणमार्फत समाज विकासमा योगदान पु¥याएको उल्लेख गर्दै संस्थाको प्रशंसा गर्नुभयो । साथै विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको कार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सभाअध्यक्ष दामाेदर रेग्मीले हरिनगरा शाखाले हालसम्म ३१ करोड ५४ लाख रुपियाँ ऋण लगानी गरेको र २० करोड ८१ लाख रुपियाँ बचत संकलन गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले यस उपलब्धिलाई शाखाको उल्लेखनीय प्रगति भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै सदस्यहरूले समयमै ऋण चुक्ता गर्न सके पुनः ऋण लिन सहज हुने र आपतकालीन अवस्थामा संस्थाबाट सहयोग प्राप्त हुने बताउनुभयो । उनीहरूले ऋणलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न सके आर्थिक अवस्थामा सुधार आउने धारणा व्यक्त गर्नुभयो ।

शाखा प्रमुख ठाकुरका अनुसार हरिनगरा शाखामा हाल ४ हजार ४९२ सदस्य आबद्ध रहेका छन् । कार्यक्रममा अति विपन्न परिवारका ६ जना विद्यार्थीलाई एक वर्षका लागि शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा समेत गरिएको छ । संस्थाले हाल साधारण, आकस्मिक, आवास, शिक्षा, ऊर्जा, कृषि, व्यवसायिक, अनुशासन तथा डिजिटल गरी ९ प्रकारका ऋण सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा ३५ जना सदस्यलाई पशुपालनसम्बन्धी तालिम प्रदान गरी उद्यमशीलतामा अभिमुख गराइएको जानकारी दिइएको छ । कार्यक्रमका अवसरमा ३ जना उत्कृष्ट बचतकर्ता, ३ जना उद्यमी, ३ जना सफल ऋणी, १ जना उत्कृष्ट कर्मचारी तथा ५ वटा केन्द्रलाई पुरस्कार प्रदान गरिएको शाखा प्रमुख ठाकुरले जानकारी दिनुभयो ।

 

जीवन विकास लघुवित्त वित्तीय संस्था नेपालका अग्रणी लघुवित्त संस्थामध्ये एक भएको जनाएको छ । यस संस्थाले विशेषगरी ग्रामीण तथा विपन्न वर्गका नागरिकहरूलाई लक्षित गरी वित्तीय सेवा प्रदान गर्दै आएको छ । साना व्यवसाय, कृषि तथा स्वरोजगारका क्षेत्रमा लगानी प्रवद्र्धन गर्दै आयआर्जन वृद्धि, गरिबी न्यूनीकरण तथा सामाजिक सशक्तिकरणमा योगदान पु¥याउँदै आएको छ । साथै वित्तीय साक्षरता, सीप विकास तालिम तथा सामाजिक अभियानमार्फत समुदायको समग्र विकासमा समेत संस्थाले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

कार्यक्रममा दिएको जानकारी अनुसार कर्जा सदुपयोग, बचत, र वित्तीय अनुशासनबारे जानकारी दिन ’केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन गरेका हुन् । कार्यक्रमले कर्जा व्यवस्थापन, डिजिटल बैंकिङ, र उद्यमशीलता विकासमा केन्द्र प्रमुखहरूलाई प्रशिक्षित गरी वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्य गरेको छ । कार्यक्रममा वित्तीय ज्ञानमा सहभागीहरूलाई बचतको महत्व, कर्जाको सहि सदुपयोग र लघुवित्तको नियमहरूबारे जानकारी दिइएको छ भने केन्द्र व्यवस्थापनमा केन्द्र प्रमुखहरूलाई समूह सञ्चालन, बैठक सञ्चालन, र अनुशासित रूपमा कर्जा असुलीबारे तालिम दिइएको छ ।

गोष्ठीमा उद्यमशीलता तर्फ उत्कृष्ट उद्यमी र बचतकर्ताहरूलाई सम्मान गरी सदस्यहरूलाई उद्यम गर्न प्रोत्साहित गरिएको छ । समस्या समाधानमा लघुवित्त र सदस्यहरूबीचको सञ्चार सुधार गरी कर्जासम्बन्धी समस्याहरू हल गर्ने सवालमा जानकारी दिएको थियो ।

कार्यक्रमले ग्रामीण क्षेत्रका महिलाहरूको आर्थिक सशक्तीकरण र वित्तीय पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार