ट्रेन्डिङ

Logout

सुनको सिक्री लुटपाटमा संलग्न आरोपमा एक व्यक्ति पक्राउ

130 Shares

काठमाडौंको बसुन्धारास्थित कल्कीनारायण मन्दिर परिसरमा दर्शन गर्न आएकी एक महिलाको घाँटीबाट सुनको सिक्री लुटिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार संखुवासभाको सभापोखरी गाउँपालिका–७ स्थायी घर भई हाल टोखा बस्दै आएका ४६ वर्षीय रामकुमार तामाङलाई जेठ ९ गते नियन्त्रणमा लिइएको हो।

 

प्रहरीका अनुसार जेठ ९ गते मन्दिरमा दर्शनका लागि पुगेकी महिलाको घाँटीबाट सुनको सिक्री लुटिएको थियो। अनुसन्धानका क्रममा तामाङ यस घटनामा संलग्न रहेको खुलेको बताइएको छ।

यस्तै, गत वैशाख २४ गते चावहिलस्थित आकाशे पुलमा एक महिलामाथि भएको सुनको सिक्री लुटपाट घटनामा पनि तामाङकै संलग्नता रहेको प्रहरीको दाबी छ।

प्रहरीले तामाङले बिक्री गरिसकेको सुनको सिक्रीसमेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार