ट्रेन्डिङ

Logout

नवजीवन हेल्थ होमद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण, उत्कृष्ट विद्यार्थी र सामाजिक सञ्जाल प्रवर्द्धक सम्मानित

1.4k Shares

विराटनगर । विराटनगर महानगरपालिकामा अवस्थित नवजीवन हेल्थ होमले नयाँ शैक्षिक सत्रका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। छोटो समयमै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्दै उत्कृष्ट नतिजा हासिल गर्न सफल कलेजले कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा कलेजको प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान समेत गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ टेक्निसियन अधिकृत शिशिर सुब्बा रहेका थिए भने सभापतित्व कलेजका अध्यक्ष राजिव कुमार यादवले गरेका थिए। कार्यक्रममा ओमप्रकाश मेहता विशिष्ट अतिथि तथा घनश्याम बराल अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा कलेज टपर संझना कामतलाई खादा ओढाएर सम्मान गरिएको थियो। डिप्लोमा प्रथम वर्षमा उत्कृष्ट नतिजा ल्याउँदै कलेज टपर बनेकी कामतसहित प्रथम वर्ष उत्तीर्ण १५ जना विद्यार्थीलाई पनि सम्मान गरिएको कलेजले जनाएको छ।

IMG20260626152426.jpg

त्यसैगरी, कलेजको शैक्षिक गतिविधि र जानकारी सामाजिक सञ्जालमार्फत प्रभावकारी रूपमा प्रचार–प्रसार गर्न योगदान पुर्‍याउने तीन जनालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

कार्यक्रमलाई विद्यार्थीहरूको विभिन्न सांस्कृतिक नृत्य तथा गायन प्रस्तुतिले थप आकर्षक बनाएको थियो।

प्रमुख अतिथि शिशिर सुब्बाले फार्मेसी र फिजियोथेरापी अध्ययन गरेका विद्यार्थी बेरोजगार बस्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै यी विषयहरू आत्मनिर्भर बन्ने महत्वपूर्ण माध्यम भएको बताए। उनले पढाइ पूरा गर्नासाथ रोजगारीका अवसर प्राप्त हुने र आवश्यक परे आफ्नै व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्न सकिने धारणा व्यक्त गरे।

सभापति तथा कलेजका अध्यक्ष राजिव कुमार यादवले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई दिँदै सबै विद्यार्थीलाई अध्ययनसँगै अनुशासन, नैतिकता र आज्ञाकारी व्यवहारलाई पनि प्राथमिकता दिन आग्रह गरे। छोटो समयमै कलेजले हासिल गरेको सफलतामा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण कलेज परिवारको योगदान रहेको भन्दै उनले सबैप्रति आभार व्यक्त गरे।

कार्यक्रममा कलेजका दिवाकर कपडाल, सरोज यादव, सुभाष श्रेष्ठ, भोलानाथ लुइँटेल, सुभाष भण्डारी, मिथलेश मेहता, सुरेश पाल लगायत शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार