ट्रेन्डिङ

Logout

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा सरसफाइ

468 Shares

इटहरी। विश्व वातावरण दिवसको अवसरमा शुक्रबार इटहरी उपमहानगरपालिका वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ । कार्यक्रम ग्रिन क्लबको आयोजना भएको हो । 

ग्रिन क्लबका संयोजक लक्ष्मण घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष कैलाश कार्की (रतन) ले वृक्षारोपण गरेपछि त्यसलाई संरक्षण गर्न पनि ध्यान दिनुपर्ने बताए । उनले विद्यार्थीलाई असल संस्कार सिकाउनका लागि वृक्षारोपण गर्नु सकारात्मक भएको बताए । सो क्रममा विद्यालयका प्रधानाध्यापक शरणकुमार बस्नेतले विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा अग्रसर गराउन र सामाजिक गतिविधिमा संलग्न गराउन उनीहरुकै सहभागितामा वृक्षारोपणा गरिएको बताए । कार्यक्रममार्फत वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा विद्यालयका शिक्षक युवराज काफ्लेको जन्मदिनको अवसर पारेर तथा शिक्षक–अभिभावक संघका अध्यक्ष सानुराम गौतमले समेत विद्यालयलाई विभिन्न प्रजातिका बिरुवा प्रदान गरेका थिए । सोही अवसरमा राष्ट्रिय स्काउट दल, राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीहरूका लागि चित्रकला प्रतियोगिता समेत सञ्चालन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार