Live ताजा अपडेट

Logout

हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको कस्तो छ अवस्था ?

हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको कस्तो छ अवस्था ?

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • दुर्घटनामा घाइते तीनै जनालाई प्रभु हेलिकप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो।
  • परीक्षणपछि तीनै जनाको स्वास्थ्य अवस्थास्थिर र खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
  • घाइतेको स्वास्थ्य अवस्थाअनुसार थप परीक्षण, उपचार तथा निरन्तर निगरानी गरिने अस्पतालले जानकारी दिएको छ।

काठमाडौँ, १७ कात्तिक : सोलुखुम्बूको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार, दुर्घटनामा घाइते फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रज्ज्वल केसी तथा न्यूजील्याण्डका नागरिक शैलेश किसन पटेलकोको उक्त अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते तीनै जनालाई प्रभु हेलिकप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो । उनका अनुसार घाइतेहरूलाई अस्पताल ल्याइए लगत्तै प्रारम्भिक स्वास्थ्य परीक्षण तथा आवश्यक चिकित्सकीय मूल्याङ्कन गरियो । परीक्षणपछि तीनै जनाको स्वास्थ्य अवस्थास्थिर र खतरामुक्त रहेको अस्पतालले जनाएको छ । घाइतेको स्वास्थ्य अवस्थाअनुसार थप परीक्षण, उपचार तथा निरन्तर निगरानी गरिने अस्पतालले जानकारी दिएको छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ