ट्रेन्डिङ

Logout

सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरेको घटनाप्रति जेजेएनको गम्भीर आपत्ति

494 Shares

सादा पोशाकमा खटिएका नेपाल प्रहरीका अधिकारीहरूले सञ्चारमाध्यममा अनधिकृत रूपमा प्रवेश गरी पत्रकारहरूलाई पक्राउ गर्ने तथा खोजी गर्ने कार्य गरेको भन्दै संस्थाले यसलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपको संज्ञा दिएको छ।
नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी तथा मोटिभेट न्युजका अध्यक्ष एवं प्रधान सम्पादक शोभराज बराल पक्राउ परेको र नयाँ पत्रिका दैनिकका नवराज मैनाली तथा दियोपोस्ट डटकमका सुदीप विश्वकर्मासहितका पत्रकारको खोजी भइरहेको विषयप्रति संस्थाले चिन्ता व्यक्त गरेको छ।


संस्थाका अध्यक्ष टिकाराम खड्काद्वारा जारी प्रेस वक्तव्यमा नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्मविपरीत प्रहरी समाचार कक्षमै प्रवेश गरी पत्रकारमाथि धरपकड गर्नु संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको उपहास भएको उल्लेख गरिएको छ।


समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, त्रास सिर्जना गर्ने तथा कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरी केरकार गर्ने र हिरासतमा राख्ने कार्य संविधान, लोकतन्त्र र प्रेस स्वतन्त्रताविरुद्ध रहेको जर्नलिस्ट फर जस्टिस नेपालको ठहर छ।


संस्थाले बिनाकारण पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न तथा पक्राउको स्पष्ट कानुनी आधार र पक्राउ पुर्जीसम्बन्धी विवरण सार्वजनिक गर्न प्रहरीसँग माग गरेको छ।


त्यस्तै, प्रेस स्वतन्त्रताविरोधी गतिविधि नियन्त्रण गर्दै संविधानप्रदत्त अधिकारको सम्मान र विधिको शासन कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ।


जर्नलिस्ट फर जस्टिस नेपाल ले पत्रकारिता र प्रेस स्वतन्त्रताको रक्षा लोकतान्त्रिक व्यवस्थाको आधारभूत सर्त भएको उल्लेख गर्दै पत्रकारमाथि हुने कुनै पनि प्रकारका गैरकानुनी हस्तक्षेप तत्काल रोक्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।


यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको हस्तक्षेपपछि पक्राउ परेका पत्रकारलाई रिहा गर्न भनिएको छ भने नयाँ पत्रिकामा शनिवार बिहान १० बजे कार्यलय उपाथित हुन भन्दै प्रहरी फर्किएको हो।

justic.webp

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार