Logout

बर्जु गाउँपालिकाद्वारा एकदिने शोक विदा

3.6k Shares

सुनसरी । साविक अमाहिबेल्हा–वडा नं. २, हाल बर्जु गाउँपालिका, सुनसरी निवासी तथा भूतपूर्व गाउँ विकास समिति (गा.वि.स.) अध्यक्ष, समाजसेवी एवं स्थानीय विकासमा सक्रिय व्यक्तित्व बालेश्वर चौधरीको असामयिक निधनप्रति बर्जु गाउँपालिका परिवारले गहिरो दुःख व्यक्त गरेको छ।

स्व. चौधरीले गा.वि.स. अध्यक्षका रूपमा आफ्नो कार्यकालमा गाउँको भौतिक पूर्वाधार विकास, सामाजिक सद्भाव, जनसहभागिता र स्थानीय शासन सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो। उहाँको निधनले बर्जु गाउँपालिकाले एक अनुभवी, निष्ठावान् तथा जनप्रिय अगुवा गुमाएको जनाएको छ।

उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न बर्जु गाउँपालिका कार्यालयको निर्णयअनुसार उहाँको निधनको शोकमा गाउँपालिकाभर एक दिनको शोक विदा दिने निर्णय गरिएको छ। शोक विदाको दिन गाउँपालिकाको अत्यावश्यक सेवाबाहेक सम्पूर्ण वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू तथा गाउँपालिकाअन्तर्गतका अन्य कार्यालयहरू बन्द रहने जनाइएको छ।Messenger_creation_13DEC453-09E1-4DDC-8921-230286932730.jpeg

स्वर्गीय बालेश्वर चौधरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार