Live ताजा अपडेट

Logout

साइबर ब्युरोले बोलाए कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई, काठमाडौं फर्किँदै

साइबर ब्युरोले बोलाए कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई, काठमाडौं फर्किँदै

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले उपस्थित हुन बोलाएको छ।
  • काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोनमार्फत सम्पर्क गर्दै ब्युरोले उपस्थित हुन भनेको हो।
  • ब्युरोको आग्रहपछि शिवाकोटीले आफू काठमाडौं फर्किरहेको र आवश्यक परे उपस्थित हुने बताएका छन्।

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले उपस्थित हुन बोलाएको छ। काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोनमार्फत सम्पर्क गर्दै ब्युरोले उपस्थित हुन भनेको हो।

ब्युरोको आग्रहपछि शिवाकोटीले आफू काठमाडौं फर्किरहेको र आवश्यक परे उपस्थित हुने बताएका छन्। उनले सरकारको भय र त्रासबाट आफू विचलित नहुने स्पष्ट पारेका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूलाई प्रहरीले खोजिरहनु नपर्ने बताएका हुन्।

‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु,’ उनले लेखेका छन्।

पछिल्ला केही दिनदेखि शिवाकोटीले सामाजिक सञ्जालमार्फत सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्। सरकारले विधि र विधान मिचेर काम गरिरहेको र नेपाली कांग्रेसलाई अनावश्यक विवादमा तान्न खोजेको उनको आरोप छ।

साइबर ब्युरो स्रोतका अनुसार पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई उपस्थित हुन भनिएको हो।

यसअघि शिवाकोटीले सामाजिक सञ्जालमा खड्कासम्बन्धी विषय उठाउँदै उनको भनाइलाई किन विश्वास गर्ने भन्ने प्रश्न गरेका थिए। प्रतिपक्षी दलले जिम्मेवारीपूर्वक उठाएका प्रश्नको सरकारले पनि जिम्मेवार ढंगले जवाफ दिनुपर्ने उनको भनाइ थियो।

उनले बिचौलियाको आरोप लागेका तथा प्रहरी हिरासतमा रहेका इनम सापकोटाले प्रहरीसमक्ष दिएको भनिएको बयानको अडियो रेकर्डबारे पनि टिप्पणी गरेका थिए।

सापकोटासम्बन्धी अडियो सार्वजनिक भएपछि नेपाली कांग्रेस र सरकारबीच आरोप–प्रत्यारोप चलिरहेको छ। यहीबीच शिवाकोटीलाई साइबर ब्युरोले बोलाएपछि राजनीतिक वृत्तमा यस घटनालाई चासोका साथ हेरिएको छ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ