काठमाडौँ: नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढ्दै २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजारमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ३ हजार ६५५ रुपैयाँ कामय भएको छ । चाँदी मंगलबार ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।





