Live ताजा अपडेट

Logout

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च पुगे, रिट दर्ताको टुंगो आज लाग्ने

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च पुगे, रिट दर्ताको टुंगो आज लाग्ने

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • सर्वोच्च अदालत प्रशासनले बिहीबार रिट अध्ययनका लागि राखेको थियो।
  • अध्ययन पूरा नभएकाले बिहीबार दर्ता हुन नसकेको कार्कीनिकट अधिवक्ता टिकाबहादुर कुँवरले जानकारी दिएका छन्।
  • सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा।

.lकाठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट निवेदन दर्ता हुने वा नहुने टुंगो आज लाग्ने भएको छ।

सर्वोच्च अदालत प्रशासनले बिहीबार रिट अध्ययनका लागि राखेको थियो। अध्ययन पूरा नभएकाले बिहीबार दर्ता हुन नसकेको कार्कीनिकट अधिवक्ता टिकाबहादुर कुँवरले जानकारी दिएका छन्।

सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध कार्की बुधबार नै सर्वोच्च अदालत पुगेका थिए।

अधिवक्ता कुँवरका अनुसार सर्वोच्च प्रशासनले रिट अध्ययन गर्न समय लाग्ने बताएपछि बिहीबार दर्ता प्रक्रिया अघि बढ्न सकेन।

मन्त्रिपरिषद्को निर्णयअनुसार डा. केसीले बुधबारदेखि नै नेपाल प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।

यदि कार्कीको रिट शुक्रबार दर्ता भएमा प्रारम्भिक सुनुवाइका लागि भने तिहार बिदा सकिएपछि मात्रै पालो आउनेछ।आईजीपी नियुक्तिमा बिचौलियाको भूमिका खोज्दै हर्क साम्पाङ, सरकारसँग मागे जवाफ आईजीपी नियुक्तिमा बिचौलियाको भूमिका खोज्दै हर्क साम्पाङ, सरकारसँग मागे जवाफ

सर्वोच्च पुगे पदमुक्त आईजीपी कार्की सर्वोच्च पुगे पदमुक्त आईजीपी कार्की

 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ