Logout

एनआइसी एसियाले निकाल्दै साढे ७ अर्बको हकप्रद सेयर

एनआइसी एसियाले निकाल्दै साढे ७ अर्बको हकप्रद सेयर

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • काठमाडौं : एनआइसी एसिया बैंकले थप पुँजी जुटाउन साढे ७ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर जारी गर्ने भएको छ । यसका लागि बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट औपचारिक स्वीकृति प्र...

एनआइसी एसिया बैंकले थप पुँजी जुटाउन साढे ७ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर जारी गर्ने भएको छ । यसका लागि बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट औपचारिक स्वीकृति प्राप्त गरेको छ ।

सेबोनले मंगलबार बैंकलाई हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बराबर हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । स्वीकृतिअनुसार बैंकले १ः०.५० अनुपातमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता सेयर निष्कासन गर्नेछ ।

बैंकको हालको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रद सेयरबाट ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ पुँजी थपिनेछ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआइएमबि एस क्यापिटलले पाएको छ ।

पुँजी कोषमा देखिएको दबाबका कारण कर्जा विस्तार तथा व्यावसायिक गतिविधि अघि बढाउन कठिनाइ भएपछि बैंकले हकप्रद सेयरमार्फत पुँजी वृद्धि गर्ने रणनीति अपनाएको हो ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ