ट्रेन्डिङ

Logout

कीर्तिमानपछि सुनको भाउ घट्यो, तोलामा १ हजार ६ सय रुपैयाँको गिरावट

4.1k Shares

सोमबार अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको भाउ तोलाको २ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको थियो, जसले नयाँ कीर्तिमान बनाएको थियो। कीर्तिमान बनाएको भाउ आज भने केही घटेको हो।

यता, चाँदीको भाउ भने आज बढेको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर ३ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको ३ हजार ८ सय ७० रुपैयाँ थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार