Live ताजा अपडेट

Logout

बागमतीमा १४२ अधिकृतको सरुवा, ७९ जना एउटै मन्त्रालयमा

बागमतीमा १४२ अधिकृतको सरुवा, ७९ जना एउटै मन्त्रालयमा

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • काठमाडौं: बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाअन्तर्गतका १४२ जना वरिष्ठ शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामान्य प्रशासन...

बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाअन्तर्गतका १४२ जना वरिष्ठ शाखा अधिकृतको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामान्य प्रशासन समूहका सातौँ र आठौँ तहका अधिकृतहरूलाई विभिन्न मन्त्रालय, आयोग तथा सरकारी निकायमा जिम्मेवारी तोकेको हो।

सरुवासम्बन्धी विवरणअनुसार सबैभन्दा धेरै ७९ जना अधिकृतलाई उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत पदस्थापन गरिएको छ। त्यस्तै, चार जनालाई आर्थिक मामिला मन्त्रालयमा खटाइएको छ।

बाँकी अधिकृतहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सुशासन केन्द्र, बागमती प्रदेश सभा, स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालयलगायतका निकायमा जिम्मेवारी दिइएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक १८ गते गरेको निर्णयअनुसार प्रदेशका विभिन्न मन्त्रालय तथा मातहतका निकायमा कार्यरत अधिकृतहरूको सरुवा र पदस्थापन गरिएको हो।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ