Logout

बाराको सिमरामा फेरि कर्फ्यू जारी, जेनजी प्रदर्शनले तनाव बढ्यो ।

3.1k Shares

बाराको सिमरा क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन तीव्र बन्दै गएपछि आज फेरि कर्फ्यू आदेश जारी गरिएको छ। बिहीबार बिहान करिब ११ बजे सिमरा चोकमा ठूलो संख्यामा जेनजी समूहका युवाहरू सडकमा उत्रिएपछि सुरक्षा अवस्था संवेदनशील बनेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन सुरुवातमा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो। तर भीड झन् बढ्दै गएपछि प्रशासनले कर्फ्यू लगाउन बाध्य भएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीका अनुसार दिउँसो १२:४५ बजेदेखि साँझ ८ बजेसम्म सिमरा क्षेत्रभर कर्फ्यू आदेश लागू रहनेछ।

उनका अनुसार, परिस्थितिलाई शान्त पार्न सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् र अनावश्यक रूपमा घरबाहिर ननिस्किन स्थानीयलाई आग्रह गरिएको छ।

प्रदर्शनको कारण र मागबारे थप विवरण सार्वजनिक गरिएको छैन, तर प्रशासनले सुरक्षा जोखिम बढ्दै गएकाले कर्फ्यू अपरिहार्य भएको स्पष्ट पारेको छ।simra.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार