Live ताजा अपडेट

Logout

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दैछ । आजको बैठकमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथि सरोकारवालासँग छलफल गर्ने भएको छ...

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दैछ ।

आजको बैठकमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथि सरोकारवालासँग छलफल गर्ने भएको छ ।

बैठक आज अपराहन्न १२ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको समितिको सभाकक्षमा बस्नेछ।

बैठकको मुख्य कार्यसूची मेलमिलापसम्बन्धी विधेयकमाथि सम्बन्धित सरोकारवालाको धारणा लिने रहेको छ । छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, मेलमिलाप परिषद्का अध्यक्ष तथा सचिव, काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका न्यायिक समिति संयोजक सहभागी हुनेछन्।

त्यस्तै, नेपाल बार एसोसिएसन, नगरपालिका महासंघ, गाउँपालिका महासंघ र प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रका प्रतिनिधिलाई पनि छलफलमा आमन्त्रण गरिएको समितिले जानकारी दिएको छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ