Logout

अनशनरत प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना, माग पुरा नभएकाले अस्पतालमै अनशन जारी

4.7k Shares

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई आमरण अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनु भएको छ। उहाँलाई चिकित्सकको सल्लाहअनुसार वीर अस्पतालमा भर्ना गरिएको प्रमुख भट्टराईको सचिवालयले जानकारी दिएको छ।

भट्टराईले तीन दिनसम्म भोकहड्ताल गरेपछि माग पूरा नभएको भन्दै साउन १४ गते बिहान ९ बजेदेखि माइतीघर मण्डलामा आमरण अनशन सुरु गर्नु भएको थियो। माग अझैसम्म सम्बोधन नभएकाले उहाँले अस्पतालमै अनशन जारी राख्नु भएको छ।

बुधबार साँझ नेपाल प्रहरीले माइतीघर मण्डलाबाट प्रमुख भट्टराईलाई उठाउन प्रयास गर्दा प्रहरी र उहाँका समर्थकबीच भनाभन समेत भएको थियो।

प्रमुख भट्टराईले सरकारसँग विभिन्न माग राख्नु भएको छ, जसमा बाँदरलगायत जंगली जनावरको नीतिगत व्यवस्थापन, सरकारी कार्यालयहरूमा बाँस र कच्चा पदार्थ प्रयोगसम्बन्धी कानुन निर्माण, क्रसर उद्योगहरूलाई नियमन, प्लास्टिकजन्य फोहोर उत्पादन गर्ने उद्योगहरूमाथि कर लगाउने कानुन निर्माण, तथा खोटाङतर्फका अधुरो सडक र पुल निर्माण कार्य पूरा गराउने लगायतका मागहरू छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार