ट्रेन्डिङ

Logout

देवानगञ्जमा ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा कार्यक्रम सम्पन्न, स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्‍याउनेहरू सम्मानित

8.4k Shares

देवानगञ्ज । देवानगञ्ज गाउँपालिकाले ‘पूर्ण खोप सुनिश्चितता’ प्राप्त गरेपछि विशेष कार्यक्रममार्फत गाउँपालिकालाई औपचारिक रूपमा ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा गरिएको छ। गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष वेचनप्रसाद मेहताको अध्यक्षता तथा उपाध्यक्ष कुमारी विभा यादवको विशेष आतिथ्य रहेको थियो।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष सुशील मेहता, वडा नं. ७ का अध्यक्ष सुर्यनारायण यादव, अन्य वडाध्यक्षहरू, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अध्यक्ष मेहताले खोप अभियानमा सक्रिय स्वास्थ्यकर्मीहरूप्रति आभार व्यक्त गर्दै यो उपलब्धि केवल आँकडाको

नभई जनस्वास्थ्य सुरक्षातर्फको महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो। उहाँले अभियानमा योगदान पुर्‍याउने सबैलाई उच्च सम्मानका साथ धन्यवाद दिनुभयो।IMG-20250625-WA0028.jpg

IMG-20250625-WA0019.jpg

कार्यक्रममा खोप सुनिश्चितता अभियानमा विशेष भूमिका निभाउने स्वास्थ्यकर्मीहरूलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। स्वास्थ्य शाखा प्रमुख कृत्यानन्द यादवको संयोजनमा सञ्चालन भएको कार्यक्रममा सामूहिक रूपमा अभियानको मूल्याङ्कन र भविष्यका रणनीतिबारे पनि छलफल गरिएको थियो।IMG20250625133001.jpg

देवानगञ्ज गाउँपालिका देशका उत्कृष्ट खोप सुनिश्चितता प्राप्त गर्ने पालिकामध्ये एक बन्न सफल भएकोमा सबै वक्ताहरूले खुशी व्यक्त गर्दै आगामी दिनहरूमा पनि स्वास्थ्य क्षेत्रमा यस्ता योजनाहरूलाई निरन्तरता दिइनुपर्नेमा जोड दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार