ट्रेन्डिङ

Logout

अमडुवा क्षेत्रबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद

923 Shares

सुनसरी। सुनसरी जिल्लाको बर्जु गाउँपालिका–३ अमडुवा क्षेत्रबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको छ। आज बुधबार अन्दाजी ०२:४५ बजेको समयमा खरीटोलबाट करिब ८०० मिटर दक्षिण, सीमा क्षेत्रमा केही व्यक्तिहरूले टाउकोमा बोकी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फेला परेको हो।

IMG-20260422-WA0009.jpg

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म कप्तानगञ्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नन्द किशोर प्रसाद महतोको कमाण्डमा खटिएको ५ जनाको टोली र बिओपी अमडुवाबाट सशस्त्र प्रहरी निरीक्षक दिलकुमार माझीको कमाण्डमा खटिएको ५ जनाको टोलीसहित १० जनाको मोबाइल गस्ती टोलीलाई देख्नासाथ गाँजा बोकेका व्यक्तिहरू सामान छाडेर फरार भएका थिए।

IMG-20260422-WA0005.jpg

प्रहरीले घटनास्थलबाट अन्दाजी १६० केजी (६ पोका) गाँजा बरामद गरी नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएको गाँजा सशस्त्र प्रहरी बल, नेपाल बिओपी अमडुवा, सुनसरीमा राखिएको छ।

उक्त गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार