Live ताजा अपडेट

Logout

एसएसबीलाई हराउँदै सशस्त्र प्रहरी कप्तानगञ्ज विजयी

एसएसबीलाई हराउँदै सशस्त्र प्रहरी कप्तानगञ्ज विजयी

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • खेल अपराह्न ४ः२० बजे सम्पन्न भएको थियो।
  • प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म कप्तानगञ्जका तर्फबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मदन नाथको कमाण्डमा टोली सहभागी भएको थियो।

देवानगञ्ज। नेपाल–भारत सीमा क्षेत्रमा कार्यरत सुरक्षा निकायबीच आपसी सम्बन्ध, सद्भाव र समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले शुक्रबार मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत भारतीय सशस्त्र सीमा बल (SSB) ५६औँ बटालियन, आई कम्पनी फुलकाहा र सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय कप्तानगञ्जबीच उक्त मैत्रीपूर्ण भलिबल खेल आयोजना गरिएको हो।

शुक्रबार दिउँसो ३ बजे सुरु भएको प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय कप्तानगञ्जले भारतीय एसएसबी फुलकाहाको टोलीलाई २–० को सोझो सेटमा पराजित गर्दै शानदार जित हासिल गरेको छ। खेल अपराह्न ४ः२० बजे सम्पन्न भएको थियो।

प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म कप्तानगञ्जका तर्फबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मदन नाथको कमाण्डमा टोली सहभागी भएको थियो।

खेलमा दुवै देशका सुरक्षाकर्मीले उत्साहपूर्वक सहभागिता जनाउँदै आपसी भाइचारा, मित्रता, सहयोग र सौहार्दपूर्ण सम्बन्धको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए।

सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका दुवै देशका सुरक्षा निकायबीच खेलकुदका माध्यमबाट आपसी विश्वास, सहकार्य र समन्वय अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।

यस्ता मैत्रीपूर्ण खेलकुद गतिविधिले सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीबीच आत्मीयता बढाउनुका साथै नेपाल–भारतबीचको परम्परागत मित्रता र सद्भावलाई थप मजबुत बनाउन सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ