Live ताजा अपडेट

Logout

दुहबीमा छठ पूजाको सम्पुर्ण तयारी पूरा

दुहबीमा छठ पूजाको सम्पुर्ण तयारी पूरा

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • छठ पूजा सम्पन्न गर्न अनुमानित ९ लाख खर्च लाग्ने जानकारी दिइएको छ।
  • समितिले छठ घाटमा आउदा सम्पूर्ण श्रद्धालु भक्तजनहरुले अनिवार्य रुपमा सहयोग रसिद लिन र घाटमा आउदा साथमा लिएर आउन समेत अनुरोध गरेका छन।
  • यस पर्वको मुख्य विशेषतामा शक्तिरुपी माता छठ र संसारलाई प्रकाशमान पार्ने सूर्यदेवको संयुक्त रुपमा पूजा गरेर पर्व मनाउने गरिन्छ।

सुनसरीको दुहबीमा छठ पूजाको सम्पुर्ण तयारी पूरा भएको समितिले आज पत्रकार सम्मेलन गरी सुनसरी–मोरङ जोड्ने बुढी खोलामा करीब १ किलोमिटर क्षेत्रफलमा २ सय बढी पूजा स्टल निमार्ण गरिएको समितिका अध्यक्ष चन्दन कुमार बैठाले जानकारी दिएका छन् ।

हरेक वर्ष झै यस वर्षको छठ पर्व अवलोकनका लागि करिब ३० हजार भन्दा बढी भक्तजनहरुको सहभागी हुने अनुमान गरिएको छ भने श्रद्धालु भक्तजनहरुका लागि शान्ति सुरक्षा संगै एम्बुलेन्स सहितको स्वास्थ्य सेवा, घाट खोला छेउमा बिजुली, खानेपानी, आदी सेवा सहज रुपमा उपलब्ध गराइने समितिका अध्यक्ष चन्दन वैठाले बताएका छन् ।

आज छठ पूजा आरम्भ हुने, दिउँसो सन्ध्याकालिन आराधना सहित अस्ताउँदो सुर्यलाई अर्घ दिइने र छठ पूजाको अन्तिम दिन भोलि बिहान सूर्य पूजाको आरधाना गर्नुको साथै उदाउदो सुर्यलाई अर्घ दिई पूजा सम्पन्न गरि प्रसाद वितरण गरिने कार्यक्रम रहेको छठ पूजा समितिले जानकारी दिएको छ ।

छठ पूजा सम्पन्न गर्न अनुमानित ९ लाख खर्च लाग्ने जानकारी दिइएको छ । समितिले छठ घाटमा आउदा सम्पूर्ण श्रद्धालु भक्तजनहरुले अनिवार्य रुपमा सहयोग रसिद लिन र घाटमा आउदा साथमा लिएर आउन समेत अनुरोध गरेका छन ।

यस पर्वको मुख्य विशेषतामा शक्तिरुपी माता छठ र संसारलाई प्रकाशमान पार्ने सूर्यदेवको संयुक्त रुपमा पूजा गरेर पर्व मनाउने गरिन्छ । परिवारको कल्याण, सन्तान प्राप्ति र छाला रोगका साथै विभिन्न रोगबाट मुक्तिका लागि यो पर्व मनाउने गरिन्छ । सबै जाति, उमेर, धर्म, लिंग, दल, वर्ग र सम्प्रदायका सहभागी हुने यो समावेशी पर्वमा घरका ज्येष्ठ र स्वस्थ महिलाले पूजाको नेतृत्व गर्छिन् ।

रोचक के छ भने यो पर्वमा घरदेखि घाटसम्म युवा पुस्ताको सक्रिय सहभागिता हुन्छ । घाट सिंगार्ने, पुजन सामग्री बोक्ने र धार्मिक विधिमा सहयोग गर्नेमा उनीहरु सबैभन्दा अगाडी हुन्छन् ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ