Live ताजा अपडेट

Logout

फुलकाहा बजारमा अव्यवस्थित हाटबजार र ट्राफिक जामको सास्ती, नेपाली यात्रु घण्टौँसम्म अलपत्र; बिहार प्रशासन किन मौन?

फुलकाहा बजारमा अव्यवस्थित हाटबजार र ट्राफिक जामको सास्ती, नेपाली यात्रु घण्टौँसम्म अलपत्र; बिहार प्रशासन किन मौन?

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • तर, बजारमा व्यवस्थित पार्किङ, सडक खाली राख्ने व्यवस्था र प्रभावकारी ट्राफिक नियन्त्रण नहुँदा नेपाली उपभोक्ताले अनावश्यक सास्ती खेपिरहेका छन्।
  • सीमावर्ती बजारमा किनमेल गर्न जाने नेपाली नागरिकलाई घण्टौँसम्म जाममा थुनेर राख्नु सामान्य समस्या होइन।
  • नेपाली यात्रुले कहिलेसम्म घण्टौँ जामको सास्ती सहनुपर्ने।

देवानगञ्ज। नेपाल–भारत सीमा नाकासँग जोडिएको भारतको बिहार राज्यस्थित फुलकाहा बजारमा अव्यवस्थित हाटबजार र ट्राफिक व्यवस्थापनको अभावका कारण नेपाली सर्वसाधारणले चरम सास्ती भोग्नुपरेको छ। बजार व्यवस्थापन र ट्राफिक नियन्त्रणमा सम्बन्धित निकायको उदासीनताका कारण किनमेलका लागि भारत जाने नेपाली नागरिकहरू घण्टौँसम्म जाममा बस्न बाध्य भएका छन्।

फुलकाहा बजारको गान्धी चोक आसपास चारैतिर सडक तथा फुटपाथ अतिक्रमण गरी हाटबजार र पसल सञ्चालन गरिँदा सर्वसाधारणको आवतजावतसमेत कठिन बनेको छ। सडक नै बजारमा परिणत हुँदा पैदल यात्रुदेखि मोटरसाइकल, साइकल तथा अन्य सवारीसाधनले समेत सहज रूपमा आवतजावत गर्न सक्ने अवस्था छैन।IMG_20261113_125134.jpg

फुलकाहा बजार देवानगञ्ज गाउँपालिकासँग जोडिएको भारतीय सीमावर्ती व्यापारिक केन्द्र हो। देवानगञ्ज गाउँपालिकासहित हरिनगर, बर्जु, गढी गाउँपालिका तथा दुहबी नगरपालिकाका हजारौँ सर्वसाधारण दैनिक उपभोग्य सामग्री तथा अन्य सामान खरिद गर्न फुलकाहा बजार पुग्ने गर्छन्। तर, बजारमा व्यवस्थित पार्किङ, सडक खाली राख्ने व्यवस्था र प्रभावकारी ट्राफिक नियन्त्रण नहुँदा नेपाली उपभोक्ताले अनावश्यक सास्ती खेपिरहेका छन्।

आखिर सडक सर्वसाधारणको आवागमनका लागि हो कि फुटपाथ र सडक कब्जा गरेर पसल सञ्चालन गर्नका लागि?हाटबजार सञ्चालन गर्नु गलत होइन, तर त्यसका नाममा सार्वजनिक सडक र पैदलमार्ग नै अवरुद्ध पार्नु कदापि उचित हुन सक्दैन। व्यापार व्यवसाय सञ्चालन गर्ने अधिकार सबैलाई छ, तर त्यसले हजारौँ सर्वसाधारणको आवागमनको अधिकार कुण्ठित गर्न पाउँदैन।IMG_20261113_125130.jpg

सीमावर्ती बजारमा नेपाली उपभोक्ताको उल्लेख्य उपस्थिति रहँदा पनि उनीहरूको सहज आवागमन र सुरक्षाप्रति सम्बन्धित भारतीय निकायले किन चासो देखाउन सकेको छैन? गान्धी चोकमा दैनिकजसो देखिने अव्यवस्था र जाम नियन्त्रण गर्न बिहार सरकार, स्थानीय प्रशासन तथा ट्राफिक प्रहरीको जिम्मेवारी कहाँ हराएको छ?

अब भाषण र आश्वासन होइन, व्यवहारमै देखिने सुधार आवश्यक छ। बिहार सरकार, स्थानीय सरकार, बजार व्यवस्थापन समिति तथा सम्बन्धित ट्राफिक प्रशासनले तत्काल सडक तथा फुटपाथ अतिक्रमण हटाउने, हाटबजारका लागि निश्चित स्थान तोक्ने, व्यवस्थित पार्किङको व्यवस्था गर्ने र प्रभावकारी ट्राफिक व्यवस्थापन लागू गर्नुपर्छ।IMG_20261113_125128.jpg

सीमावर्ती बजारमा किनमेल गर्न जाने नेपाली नागरिकलाई घण्टौँसम्म जाममा थुनेर राख्नु सामान्य समस्या होइन। यो सार्वजनिक आवागमन, बजार व्यवस्थापन र प्रशासनिक जवाफदेहितासँग जोडिएको विषय हो।

बिहार सरकार र सम्बन्धित स्थानीय प्रशासनलाई प्रश्न छनेपाली उपभोक्ताको पैसाले चल्ने बजारमा उनीहरूले सहज रूपमा आवतजावत गर्न पाउने व्यवस्था मिलाउने जिम्मेवारी कसको हो?

सम्बन्धित निकायले अब पनि आँखा चिम्लिरहने हो भने फुलकाहा बजारको यो अव्यवस्था कहिलेसम्म कायम रहने? नेपाली यात्रुले कहिलेसम्म घण्टौँ जामको सास्ती सहनुपर्ने?

यस समस्याको तत्काल समाधानका लागि बिहार सरकार, स्थानीय प्रशासन र ट्राफिक प्रहरीको गम्भीर ध्यानाकर्षण गराइएको छ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ