Live ताजा अपडेट

Logout

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन्।
  • यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा पुर्‍याइएको थियो।
  • ६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला परेका प्रहरीले जनाएको छ।

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका छन् ।

यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा पुर्‍याइएको थियो । त्यहाँबाट उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गएराति सवा ९ बजे बजेको समयमा यादवमाथि गोली प्रहार भएको र उनको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको छ । घटनास्थलमा ७.६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला परेका प्रहरीले जनाएको छ ।

यादवमाथि कसले किन गोली चलाएको भन्नेबारे अहिलेसम्म खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ