ट्रेन्डिङ

Logout

गैँडाको खाग जस्तो देखिने वस्तुसहित ४ जना पक्राउ

2k Shares

सुनसरी ।आज मिति २०८३/०१/०३ गते साँझ १७:३० बजेको समयमा जिल्ला सुनसरीको बर्जु गाउँपालिका वडा नं. ६ स्थित बर्जुतालको पूर्वी गेटबाट करिब १५० मिटर भित्र अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीबाट खटिएको १६ जनाको टोलीले छापा मारेको छ।


टोलीले मोटरसाइकलमा लुकाइछिपाइ राखी मोलमोलाई गरिरहेको अवस्थामा गैँडाको खाग जस्तो देखिने एक थान वस्तु बरामद गरेको छ। साथै, घटनामा संलग्न ४ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ भने २ वटा मोटरसाइकल समेत बरामद गरिएको छ।

g-1.jfif


पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

g-2.jfif

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार