ट्रेन्डिङ

Logout

पूर्वमेयर बालेन्द्र शाहविरुद्ध नागरिकता किर्ते आरोप, प्रहरीमा जाहेरी दर्ता

3.1k Shares

बालेन्द्र शाह विरुद्ध सरकारी कागजात किर्ते गरेको गम्भीर आरोप लगाउँदै जिल्ला प्रहरी परिसर भद्रकालीमा जाहेरी दर्ता भएको छ।

जाहेरीकर्ताले शाहले आफ्नो वास्तविक थर तथा पहिचान लुकाउन नागरिकताको विवरणमा अनधिकृत फेरबदल गरेको दाबी गर्दै उजुरी दिएका हुन्। आरोपअनुसार उनले पुर्ख्यौली मधेशी पहिचान लुकाई उच्च जातीय लाभ लिन ‘साह’ थरको सट्टा ‘शाह’ कायम गरी सरकारी कागजात किर्ते गरेको उल्लेख गरिएको छ।

जाहेरीमा शाहले आफ्ना बुबा र दाइको पुरानो नागरिकता, बसाइँ–सराइसम्बन्धी कागजात तथा पछि लिएको नागरिकताको प्रतिलिपिमा थर परिवर्तन गरिएको आरोप लगाइएको छ।

प्राप्त दस्तावेजअनुसार उनले सुरुमा जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट २०६३ साल पुस ६ गते नागरिकता प्रमाणपत्र नम्बर ६१९२ अन्तर्गत नागरिकता लिएको उल्लेख छ। पछि काठमाडौं महानगरपालिका को मेयर पदमा निर्वाचित भएपछि २०७९ साल असार १९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको पहिलो प्रतिलिपि लिएको बताइएको छ।

सो प्रतिलिपि लिने क्रममा आफ्नो तथा आफ्ना बुबाको नाममा रहेको ‘साह’ थरलाई परिवर्तन गरी ‘शाह’ बनाइएको आरोप जाहेरीमा उल्लेख गरिएको छ।

प्रहरीले जाहेरी दर्ता भइसकेको र घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार