ट्रेन्डिङ

Logout

चुनावी प्रचार विवादले लियो उग्र रूप, माओवादी कार्यकर्तामाथि आक्रमण

2.7k Shares

नवलपरासीमा चुनावी प्रचारप्रसारका क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार तथा कार्यकर्तामाथि कुटपिट गर्ने घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–१३ का ३१ वर्षीय अजय गौतम रहेका छन्। प्रहरीले घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य जारी रहेको जनाएको छ।

घटना बर्दघाट नगरपालिका–१२ स्थित जमुनिया बजारमा भएको हो। माओवादी केन्द्रले चुनावी प्रचार कार्यक्रम सञ्चालन गरिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरू त्यहाँ पुगेका थिए। ‘रास्वपाको क्षेत्रमा प्रचार गर्न आएको’ भन्दै उनीहरूले माओवादी केन्द्रका उम्मेदवार राजुप्रसाद हरिजनसहित कार्यकर्तामाथि कुटपिट गरेको आरोप लागेको छ।

कुटपिटबाट उम्मेदवार राजुप्रसाद हरिजन, क्षेत्रीय प्रचारप्रसार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सी तथा बर्दघाट नगर इन्चार्ज गणेश पाण्डे घाइते भएका छन्। उम्मेदवार हरिजनले ‘घण्टीको क्षेत्रमा प्रचार गर्न आएको’ भन्ने विवादका कारण घटना भएको बताएका छन्। पक्राउ परेका गौतममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख **अनुपम श्रेष्ठ** ले सबै दल तथा उम्मेदवारलाई निर्धक्क भएर चुनावी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्।

यसैबीच रास्वपा नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार **विक्रम खनाल** ले घटना दुःखद भएको प्रतिक्रिया दिँदै आफ्ना कार्यकर्ता संलग्न भए–नभएको विषयमा छानबिन गरिने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार