ट्रेन्डिङ

Logout

सधैंभरी जनताका पक्षमा काम गर्नेछु : उम्मेदवार कोइराला

4.1k Shares

सुनसरी। नेपाली काँग्रेसका नेता तथा फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा निर्वाचनका उम्मेदवार राजीव कोइरालाले आफु पदमा हुँदा होस् वा नहुँदा सधैंभरी जनताको पक्षमा काम गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् । उनले अहिलेको चुनाबमा केही नयाँ दलले भ्रम सिर्जना गरेको बताउँदै आफू सधैंभरी जनताकै पक्षमा काम गर्दै आएको र भविष्यमा थप जिम्मेवार साथ काम गर्ने बताए ।Messenger_creation_F7BFEB23-2F68-4A4B-BBCE-1FD27146BC9B.jpeg

‘नयाँ भनेर केही भ्रम फैलाइएको छ । यो गलत छ,’ कोइरालाले शनिबार इटहरी वडा नं. ४ मा मतदातासमक्ष मत माग्ने क्रममा भने, ‘तपाईंहरु ढुक्क हुनुहोस्, तपाईंकै सुखदुःखमा साथ दिने व्यक्ति मै हुँ ।’ कोइराला सुनसरीका पुराना नेता हुन् । उनी सुनसरीका दुई कार्यकाल सभापति र निवर्तमान केन्द्रीय सदस्य हुन् । उनी २०७४ सालमा कोशी प्रदेशमा नेपाली काँग्रेसको संसदीय दलको नेता समेत थिए । Messenger_creation_304B3C16-408F-44E0-B83E-4497033257AB.jpeg

कोइराला स्वच्छ छवीका नेतामा पर्छन् । जनतमाँझ मत माग्ने क्रममा कोइरालालाई अहिले निष्ठापूर्वक राजनीति गर्दै आएकोमा चुनाब जितेर गएपछि पनि त्यसलाई कायम राख्न सुल्झाएका थिए । कोइरालाले शनिबार बिहान ८ बजेदेखि इटहरी वडा नं. ४ का विभिन्न वस्तीमा पुगेर मतदातासमक्ष मत मागेका छन् । Messenger_creation_DE1DA61C-CB3A-4798-84F6-E149716A9975.jpeg

सुनसरी क्षेत्र नं. २ बाट उम्मेदवार बनेका नेतामध्ये सवैभन्दा हेभीवेटका नेतामा पर्छन् । ‘राजीव कोइराला यस क्षेत्रमा सवैमाँझ परिचित व्यक्ति भएकाले गर्दा निर्वाचनमा सहज भएको छ,’ नेपाली काँग्रेस निवर्तमान केन्द्रीय सदस्य तथा चुनाबी प्रचार समिति सुनसरीका संयोजक राजीव ढुंगानाले भने, ‘यसपटक नेपाली काँग्रेसमा सवै नेता(कार्यकर्ता चुनाबी अभियानमा संगठीत र उत्साहित भएर जुट्नाले पनि सहज हुने भएको छ।’

कोइरालासहित रास्वपाका उम्मेदवार लालविक्रम थापा, नेपाल कम्यूनिष्ट पार्टीकी रामकुमारी चौधरी, एमालेका सुजन लामा, श्रम संस्कृति पार्टीका चेतन राईलगायतका २८ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा एक लाख ५८ हजार ९१० जना मतदाता रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार