ट्रेन्डिङ

Logout

जसपा नेपाल सर्लाही–४ को क्षेत्रीय बैठक सम्पन्न, निर्वाचन परिचालन समिति गठन

7.7k Shares

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाही निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय बैठक सम्पन्न भएको छ। बैठकमा आगामी प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण र प्रभावकारी निर्वाचन तयारीका विषयमा छलफल गरिएको छ।


बैठकमा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार रामेश्वर राय यादव, जिल्ला अध्यक्ष रन्धिर यादव, नेता रामप्रसाद यादव, केन्द्रीय सदस्य किरण राय, गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादव, बलरा नगरपालिकाका पूर्व अध्यक्ष अभय सिंहलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

WhatsApp Image 2026-01-30 at 2.54.12 PM.jpeg


बैठकबाट एक क्षेत्रीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको छ। समितिले प्रतिनिधि सभा निर्वाचनको तयारीलाई तीव्र बनाउने, संगठनलाई गाउँ–टोल तहसम्म सक्रिय बनाउने तथा पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई जनतामाझ सशक्त रूपमा पुर्‍याउने जिम्मेवारी लिने निर्णय गरिएको छ।

WhatsApp Image 2026-01-30 at 2.53.42 PM.jpeg


बैठकले जसपा नेपाललाई सर्लाही क्षेत्र नं. ४ मा मजबुत रूपमा अगाडि बढाउँदै आगामी निर्वाचनमा निर्णायक भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार