Logout

राराब कलेज जनकपुरमा ‘एडमिन–माफिया’ हावी ! गेटमै स्टेशनरीबाट चल्दैछ कलेजको संवेदनशील सिस्टम

3.6k Shares

जनकपुरधाम — राराब कलेज जनकपुर आज शैक्षिक संस्था होइन, एडमिन दुरुपयोगको खुला अड्डा बन्दै गएको गम्भीर आरोप लागेको छ। कलेजको मुख्य लगइन गेटमै रहेको दिव्यान्सु स्टेशनरीबाटै कलेजको Admin Login जस्तो संवेदनशील अधिकार खुलेआम प्रयोग भइरहेको तथ्य बाहिरिएपछि कलेज प्रशासनको नालायकी र संलग्नता माथि प्रश्न उठेको छ।

सूत्रहरूका अनुसार राराब कलेजकै कर्मचारी  को प्रत्यक्ष संलग्नतामा स्टेशनरीमा बसेर एडमिन प्यानल चलाइँदै आएको छ। लाखौं विद्यार्थीको डाटा, भर्ना जनकपुरधाम प्रक्रिया र शैक्षिक अभिलेख नियन्त्रण गर्ने सिस्टमलाई बाहिरी पसलमा खोलिनु भनेको कलेज प्रशासनले सुरक्षा आत्मसमर्पण गर्नु बराबर हो।

 फाराम–कमिसन खेल : कर्मचारी–व्यापारीको खुला गठजोड

अझ लज्जास्पद कुरा त के छ भने, कलेज शाखामा फारामबारे बुझ्न आउने विद्यार्थी र अभिभावकलाई कर्मचारीहरूले जानीजानी कलेजभित्र फाराम नदिई बाहिर दिव्यान्सु स्टेशनरीमा पठाउने गरेका छन्। फाराम भरेबापत उठेको रकम कर्मचारी र स्टेशनरीबीच बाँडफाँड हुने गरेको गम्भीर आरोप छ।

यो भर्ना प्रक्रिया बेच्ने संगठित गिरोह नभए के हो ?

 प्रशासन मौन, संरक्षण कसको ?

यत्रो गम्भीर विषय सार्वजनिक हुँदासमेत कलेज प्रशासनको मौनता शंकास्पद देखिएको छ।

प्रश्न उठ्छ—

के कलेज प्रशासन आफैं यो खेलको संरक्षणकर्ता हो ?

कसको आदेशमा बाहिरी पसलबाट एडमिन चलाइँदैछ ?

विश्वविद्यालय, शिक्षा मन्त्रालय र अख्तियार कहाँ छन् ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार