Logout

हारलाई लोकतान्त्रिक अभ्यासको स्वाभाविक परिणाम ठान्छु विष्णु रिमाल

1.2k Shares

काठमाडौं –

नेकपा एमालेका नेता विष्णु रिमालले महाधिवेशनमा भएको आफ्नो पराजय अस्वाभाविक वा चिन्ताको विषय नभएको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको कोर टिममा रहेका रिमाल उपमहासचिव र सदस्य दुवै पदमा पराजित भएका थिए।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै रिमालले महाधिवेशनको परिणामलाई आत्मविश्वास, संयम र पार्टीप्रतिको प्रतिबद्धतासहित स्वीकार गरेको उल्लेख गरेका छन्।

उनका अनुसार महाधिवेशन असाधारण गरिमा, उत्साह र सामूहिक उपलब्धिको अनुभूतिसहित सम्पन्न भएको छ। “महाधिवेशनमा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखियो,” उनले लेखेका छन्, “पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा प्रस्तावित टिम प्रायः सर्वसम्मत रूपमा अनुमोदित भयो। म स्वयं उपमहासचिव र एक जना उपाध्यक्ष बाहेक सबै निर्वाचित हुनुभयो।”

रिमालले यस्तो परिणामलाई लोकतान्त्रिक प्रतिस्पर्धाको स्वाभाविक र स्वस्थ अभ्यासको रूपमा व्याख्या गर्दै भनेका छन्, “यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय। हामी जनताको बहुदलीय लोकतन्त्रको मूल भावनाबाट दृढ रूपमा निर्देशित छौँ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार