Logout

पदम गिरीको भनाइ देशका लागि केपी ओलीकै नेतृत्व अपरिहार्य

923 Shares

नेकपा एमालेका नेता पदम गिरीले देशको राष्ट्रियता गम्भीर संकटतर्फ उन्मुख रहेको उल्लेख गर्दै पार्टीले केपी शर्मा ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। बुधबार एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको संरक्षणका लागि दृढ र शक्तिशाली नेतृत्व आवश्यक रहेको बताए।

यस्तो संवेदनशील अवस्थामा केपी ओलीको नेतृत्वमा पार्टी अघि बढ्नुपर्ने विषयमा महाधिवेशन प्रतिनिधिहरूबीच साझा धारणा देखिएको गिरीको भनाइ छ। उनले प्रतिनिधिहरूको सोच र भावनाले पनि यही नेतृत्वप्रति भरोसा व्यक्त गरेको बताए।

नेता गिरीले ११औँ महाधिवेशन भव्य र व्यवस्थित रूपमा सञ्चालन भइरहेको जानकारी दिँदै प्रतिनिधिहरूले उत्साहपूर्वक मतदानमार्फत आफ्ना नेतृत्व चयन गरिरहेको उल्लेख गरे। यस प्रक्रियालाई उनले महाधिवेशनको ऐतिहासिक विशेषता भएको टिप्पणी गरे।

साथै उनले आगामी केन्द्रीय कमिटीमा नयाँ अनुहारहरूको प्रवेश हुने जानकारीसमेत दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार