2.7k
Shares
अविश्वास प्रस्तावबारे छलफल गर्न बुधबार दिउँसो १ बजेका लागि बोलाइएको मधेस प्रदेशसभाको बैठक अझै सुरु हुन सकेको छैन।
सभामुख रामचन्द्र मण्डलले आचरणविपरीत कार्य गरेको आरोपसहित दर्ता भएको अविश्वास प्रस्तावको प्रक्रियालाई अघि बढाउन उपसभामुख बबिता राउतले आजको बैठक आह्वान गरेकी थिइन्।
यसैबीच, जनमत पार्टीबाट छुट्टिएर गठन भएको जनस्वराज पार्टीतर्फ आफ्नो सनाखत गरेका मधेसका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साह पनि बैठकमा उपस्थित भएका छन्।