ट्रेन्डिङ

Logout

देवानगञ्जमा १३ वर्षीय बालकको अपहरणपछि पानीमा फ्याँकिएको घटना, स्थानीय आक्रोशित

6.9k Shares

सुनसरी । सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा १३ वर्षीय बालकलाई अपहरण गरी पानीमा फ्याँकिएको घटना सार्वजनिक भएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।

असोज २८ गते राति घटेको यस घटनामा स्थानीय बालक मनिशकुमार मेहता, पिता तेजनारायण मेहता, लाई सोही वडाका तीन जना नाबालक सुनिल मण्डल, विकास पण्डित र दिपेश मेहताले जबरजस्ती अपहरण गरी मोटरसाइकलमा बोकेर मोतीटप्पु जाने बाटोछेउमा रहेको पानी जम्ने खोल्सा (खाल्डो) मा फ्याँकेका थिए।

पीडित परिवारले तत्काल इलाका प्रहरी कार्यालय देवानगञ्जमा उजुरी दर्ता गरेपछि प्रहरीले तिनै आरोपितलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग गरिएको मोटरसाइकल (नं. ०३–०३५–९६९०) समेत प्रहरीले बरामद गरेको जनाएको छ।

पक्राउ परेका तीनै जना देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जकै स्थायी बासिन्दा हुन्। प्रहरीले घटनाबारे थप प्रमाण संकलनसहित अनुसन्धान भइरहेको जानकारी दिएको छ।IMG-20251017-WA0015.jpg

स्थानीयवासीहरूले बालक माथिको हिंसात्मक कार्यप्रति कडा आपत्ति जनाउँदै अपराधीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। पीडित परिवारले राजनीतिक दबाबमा पिडक उम्कन नपाओस् भन्दै न्याय सुनिश्चित गर्न सरोकारवालासँग आग्रह गरेको छ।

अनुसन्धानका क्रममा प्रारम्भिक जानकारी अनुसार सामान्य विवादकै कारण तीन जनाले मिलेमतो गरी बालकलाई जबरजस्ती मोटरसाइकलमा राखी गाउँभन्दा टाढा रहेको पानी जमेको खाल्डोमा फालेको खुलेको छ।IMG-20251017-WA0017.jpg

यस्ता घटनाहरूलाई सामान्य ठान्दै बेवास्ता गरिएमा भविष्यमा अझ गम्भीर अपराध बढ्ने स्थानीयवासीको भनाइ छ।

यसबीच प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र दोषीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार