4.9k
Shares
बाँकेको कोहलपुर नगरपालिका–२ सालको बुटा क्षेत्रमा प्रहरीले स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार आइतबार बेलुकी पक्राउ परेकामध्ये दुई जना कोहलपुरका र एक जना नेपालगन्जका युवक रहेका छन्।
खनालले उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि विस्तृत जानकारी सार्वजनिक हुने बताए।