ट्रेन्डिङ

Logout

जेनजी प्रर्दशनको क्रममा मृृत्यु हुने ३५ युवा (नामावलीसहित)

6.1k Shares

नयाँ पुस्ताका युवा (जेनजी) प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीको तंथ्याक अनुसार पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो ।

बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना, कैदी ९ गरेर ५१ जनाको मृत्यु भएको छ ।

अनलाइनखबरले अस्पताल अनुसार संकलन गरेर विवरण र स्वास्थ्य मन्त्रालयबाट प्राप्त जानकारी अनुसार ३५ जनाको विवरण प्राप्त भएको छ ।

यस विवरणमा अस्पतालमा मृत्यु भएकाको विवरण मात्रै उल्लेख छ । जसमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ र  त्रिवि शिक्षण अस्पताल, विराटनगरको बिर्तासिटी अस्पताल, वीर अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

 

सोमबार दिँउसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि जेनजी प्रदर्शनकारीहरुले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रम घाइते भएकाहरुलाई प्रदर्शनकारीहरुले अस्पताल पुर्‍याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

मृतकको नामावली –

क्र.स नाम थर उमेर ठेगाना  
१ श्रीयाम चौलागाईं १९   राष्ट्रिय ट्रमा सेन्टर
२ सुलभराज श्रेष्ठ २५ धम्वुजी गा.पा–२ बाँके राष्ट्रिय ट्रमा सेन्टर
३ बुद्धि बहादुर तामाङ ४१ कीर्तिपुर न.पा–२, काठमाडौं राष्ट्रिय ट्रमा सेन्टर
४ गोरब जोशी २९ धनगढी राष्ट्रिय ट्रमा सेन्टर
५ योग बहादुर श्रेष्ठ २९ बाह्रविसे न.पा–६, सिन्धुपाल्चोक राष्ट्रिय ट्रमा सेन्टर
६ ईश्वत बहादुर अधिकारी २६ वनस्थली, काठमाडौं राष्ट्रिय ट्रमा सेन्टर
७ सन्तोष विक २९ बेलका नगरपालिका–४ उदयपुर राष्ट्रिय ट्रमा सेन्टर
८ आयुष थापा १९ टोखा न.पा –८ काठमाडौं राष्ट्रिय ट्रमा सेन्टर
९ मिशल सारु मगर १८ अर्खाखाँची सभिल अस्पताल
१० छत्रमान कुथुमी ६० धनकुटा सभिल अस्पताल
११ विमल भट्ट २२ गोरखा सभिल अस्पताल
१२ काशी आलम ठाकुर २४   सभिल अस्पताल
१३ विजय चौधरी ३२ सिराहा सभिल अस्पताल
१४ अभिषेक चौलागाईं २१ दोलखा सभिल अस्पताल
१५. विनोद महर्जन ३० ललितपुर महानगरपालिका– ७ एभरेष्ट अस्पताल
१६. दिल नारायण तामाङ ४२ काभ्रे तेमाल गाउँपालिका–७ एभरेष्ट अस्पताल
१७. योगेन्द्र न्यौपाने २३ दुवाकोट, भक्तपुर एभरेष्ट अस्पताल
१८. प्रविन कुलङ २१ संखुवासभा फ्रन्टलाइन अस्पताल
१९ उमेश महत २१ चावहिल फ्रन्टलाइन अस्पताल
२० निकिता गौतम १७ गौशाला फ्रन्टलाइन अस्पताल
२१ अर्जुन भट्ट २८   बयोधा अस्पताल
२२ देव कुमार सुवेदी २३   बयोधा अस्पताल
२३ सौरम किशोर श्रेष्ठ ३८   केएमसी अस्पताल
२४ सुबास पोखरेल २३   केएमसी अस्पताल
२५ रसिक खतिवडा २३   त्रिवि शिक्षण अस्पताल
२६ भिम राज धामी     वीर अस्पताल
२७. अभिषेक श्रेष्ठ २३ इटहरी वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान
२८. दिनेश राजवंशी २५ इटहरी वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान
२९. गोपाल सिडेन ३० झापा बिर्तासिटी अस्पताल
३०. अमृत गरुङ ३८   बिएनबी अस्पताल
३१. कमल भण्डारी ३५   बिएण्ड सी अस्पताल, बितामोर्ड
३२. उमेश विष्ट २१ अछाम भेरी अस्पताल
३३. दिपेश घर्ती मगर २१ दाङ भेरी अस्पताल
३४. जगत देउवा १० कैलाली भेरी अस्पताल
३५. भुपेन्द्र खत्री २१ दैलेख भेरी अस्पताल

 

source:onlinekhabar.com

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार