3.4k
Shares
कैलालीको गौरीगंगा नगरपालिका–८ मसुरिया बजारमा जुवातास खेलिरहेका आठ जना पक्राउ परेका छन् । बुधबार राति साढे ११ बजे ‘चाइनिज कर्नर सेन्टर’मा छापा मार्दा उनीहरुलाई नगदसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सो सेन्टरका सञ्चालक तथा गौरीगंगा–७ का ३० वर्षीय टेक मन्नी लगायत रहेका छन् । गोप्य सूचनाको आधारमा गरिएको खानतलासीमा उनीहरूसँग दुई लाख १३ हजार २७० रुपैयाँ नगद र साढे चार हजार भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ ।
त्यसैगरी, उनीहरूको साथबाट चार गड्डी तास र नौ थान मोबाइल समेत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मसुरियाको संयुक्त टोलीले छापा मारेको थियो । हाल पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।