4.6k
Shares
सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी (बलात्कार) मुद्दाका एक कैदी मंगलबार राति फरार भएका छन्।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ निवासी २८ वर्षीय रुपक पौडेल खत्री कारागारको ‘बी’ ब्लकमा राखिएका थिए। जेलर सुवासकुमार लामिछानेका अनुसार उनले कारागारको पर्खाल नाघेर भागेका हुन्।
सामूहिक बलात्कार घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय सुनाएको थियो। उनी २०८१ साउन २१ गतेदेखि झुम्का कारागारमा थिए।
घटनाबारे छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ।