4.7k
Shares
कैलाली कारागारमा भएको हिंसात्मक झडपपछि कारागार बाहिर कैदीबन्दीका आफन्तहरू भेला भएका छन्। उनीहरू भित्रकै तनावग्रस्त अवस्थाबारे जानकारी पाउन प्रयासरत छन्।
घटना भएको ३६ घण्टा बितिसक्दा पनि प्रशासनले कारागारको स्थिति नियन्त्रणमा लिन सकेको छैन। कैदीबन्दीहरूले थुनुवा कक्षमा ताला लगाएर पूर्ण रूपमा आफ्नो नियन्त्रण लिएका कारण प्रहरीले भित्र प्रवेश गर्न सकेको छैन र तथ्यगत विवरण सार्वजनिक हुन सकेको छैन।
आफन्तहरू चिन्तित देखिएका छन् र प्रशासनले तिनीहरूलाई कारागार गेट बाहिरै रोकेको छ। क्षमताभन्दा धेरै करिब सात सय कैदीबन्दी राखिएको १५० जनासमर्थ कैलाली कारागारमा यो समस्या बारम्बार देखिँदै आएको छ।
