5.2k
Shares
काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने चर्चामा रहेका डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ विपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताहरू प्रतीभा उप्रेती र विशाल थापाले मङ्गलबार रिट निवेदन दर्ता गराएका छन्।
रिटमा डा. पौडेललाई राजनीतिक दलबाट सिधै गभर्नर नियुक्त गर्नु नेपाल राष्ट्र बैंक ऐनको प्रावधानविपरीत हुने दाबी गरिएको छ। पौडेल नेपाली कांग्रेसका नेता हुन् र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको तर्फबाट चितवन–१ बाट उम्मेदवार बनेका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालसँग पराजित भएका थिए।
नेपाल राष्ट्र बैंक ऐनको दफा १४ (क) मा राजनीतिक दलको सदस्य वा पदाधिकारीलाई गभर्नर, डेपुटी गभर्नर वा सञ्चालक नियुक्त गर्न नहुने स्पष्ट व्यवस्था छ।