ट्रेन्डिङ

Logout

नेपाल-भारत सीमा हुँदै १०६२.२ किलोग्राम गाँजा भारत पुर्‍याइयो, नेपाल प्रहरी अनविज्ञ

11.1k Shares

नेपाल-भारत सीमाबाट १०६२.२ किलोग्राम गाँजा भारत पुर्‍याइए पनि नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बललाई कुनै जानकारी थिएन। ठूलाे परिमाणमा लागूपदार्थ तस्करी भएको घटना सार्वजनिक भएपश्चात सुरक्षा व्यवस्था र निगरानी प्रणालीप्रति गम्भीर प्रश्न उठेका छन्।

कमांडेंट गौरव सिंहका अनुसार तस्करहरूले सीमा स्तम्भ नम्बर २२१ पार गरी करिब ४ किलोमिटर भारततर्फ, स्पर नम्बर २४०० अगाडिको नदीपारि बालुवामा गाँजा लुकाएका थिए। सो सूचनाको पुष्टि भएपछि निरीक्षक भाव सिंह तोमरको नेतृत्वमा विशेष टोली गठन गरियो। टोलीले राति नै ती स्थानहरूमा घेराबन्दी गरी खोजी अभियान थाल्यो।

झण्डै आधा घण्टाको प्रयासपछि टोलीले सेतो बोरामा प्याक गरिएका सामग्रीहरू फेला पार्‍यो जसबाट गाँजाको गन्ध आइरहेको थियो। खोजी थप तीव्र बनाउँदै गर्दा टोलीले ३० वटा बोरा फेला पार्‍यो। ती बोराहरूमा जम्मा ५०६ वटा सेतो प्लास्टिकको प्याकेट भेटिए। प्रत्येक प्याकेटको नमुना परीक्षण गर्दा सबैमा गाँजा रहेको पुष्टि भएको छ।IMG-20250421-WA0007.jpg

तस्करहरू वरिपरि लुकेका हुन सक्ने शंकामा व्यापक खोजी गरिए पनि अहिलेसम्म कोही पनि पक्राउ परेको छैन। बरामद गरिएको गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लास्थित भपटियाही थानामा सुपुर्द गरिएको छ।

यस घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षा निकायबीचको समन्वय, सूचना प्रणाली तथा सतर्कता प्रविधिमा सुधार आवश्यक रहेको देखाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार