Logout

सुनसरी सीमामा भारततर्फ लैजाँदै गरिएको १२५ केजी गाँजा बरामद

5.4k Shares

सुनसरी। सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित दशगज्जा सीमा नाकाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ।

शस्त्र प्रहरी बल, कप्तानगञ्जका प्रहरी नायव उपरीक्षक बिरेन्द्र खनालको सक्रियतामा विशेष सूचनाका आधारमा चेकजाँच गर्दा भारततर्फ लैजाँदै गरिएको ५० केजी गाँजा बरामद भएको हो। शस्त्र प्रहरीले चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर अनुसन्धान गर्न खोज्दा तस्करहरू गाडी छोडेर फरार भएका थिए।

नेपाल–भारत सीमामा रहेका शस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (SSB) का सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले सो मोटरसाइकललाई शंका लागेपछि जाँच गरेको थियो। त्यस क्रममा ५० केजी गाँजा शस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ भने थप ७५ केजी गाँजा भारतीय सीमा सुरक्षा बलले बरामद गरेको छ।

हाल फरार रहेका तस्करहरूको पहिचान तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा लागुऔषध तस्करी रोक्न सुरक्षा निकायहरूले निगरानी अझै कडा बनाउने प्रतिबद्धता जनाएकाछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार