Logout

बझाङमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ६ गम्भीर घाइते

बझाङमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ६ गम्भीर घाइते

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • काठमाडौं ।  बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्। केदारस्युँ गाउँपालिका–७ भामचौर डाँडाइजर सुडेधार खोलामा बुधबार बिहान पौने नौ बजेतिर से. ००१...

काठमाडौं ।  बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्।

केदारस्युँ गाउँपालिका–७ भामचौर डाँडाइजर सुडेधार खोलामा बुधबार बिहान पौने नौ बजेतिर से. ००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका ४० वर्षीय गोपाल धामी र २७ वर्षीया पवित्रा धामी रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री, केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन्।

ब्रेक फेल भएर जिप दुर्घटना भएको अनुमान छ। जिपमा १५ जना सवार थिए। बाँकी ७ जनाको अवस्था भने सामान्य छ।

काँडाचौरका स्थानीय बासिन्दालाई बोकेर बाग्थलातर्फ आउँदै गरेको जीप सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो।

गम्भीर घाइतेलाई केदारस्युँ गाउँपालिकाको गाडीमा जिल्ला अस्पताल सिमखेत लगिएको छ। जिप चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ