ट्रेन्डिङ

Logout

नवनिर्वाचित सांसदको शपथ आज: ४७ जनाले मातृभाषामा लिने तयारी

2.1k Shares

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ बजे हुने भएको छ। शपथ कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको संघीय संसद् सचिवालय ले जनाएको छ।

सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले केसीलाई शपथ गराइसक्नुभएको छ।

शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुनेछ। सचिवालयका अनुसार ४७ जना सांसदहरूले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्।

नेपालको संविधानअनुसार धारा ९९ तथा धारा ९१ को उपधारा (५) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम शपथ लिने व्यवस्था गरिएको छ। सचिवालयले सांसदहरूलाई आवश्यक कागजातसहित तोकिएको समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ।

यसअघि नै सचिवालयले सांसदहरूलाई औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन अनुरोध गरेको थियो। कार्यक्रमका लागि हलमा सिट व्यवस्थापन, रोष्टम, सभामुख आसन तथा अन्य आवश्यक संरचनाहरू तयार पारिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। त्यस्तै नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेकपा, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट जितेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार