Logout

मटीहानी नगरपालिकामा नेता–कार्यकर्ता भेटघाट, डा. मिनाक्षी ठाकुरको उपस्थितिमा चुनावी सक्रियता तीव्र

5.2k Shares

महोत्तरीको मटीहानी नगरपालिकामा जसपा नेपालका नेता तथा कार्यकर्ताबीच विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. मिनाक्षी ठाकुर, पार्टीका संरक्षक महन्थ ठाकुर, जसपा नेता उमाकान्त झा तथा मटीहानी नगरपालिकाका मेयर हरि मण्डलको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी नेताहरूले स्थानीय नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका समसामयिक समस्या, विकासका आवश्यकता र आगामी राजनीतिक कार्यदिशाबारे विचार–विमर्श गरेका थिए। डा. मिनाक्षी ठाकुरले जनताको भावना बुझेर राजनीति गर्नुपर्नेमा जोड दिँदै शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संरक्षक महन्थ ठाकुरले संगठन सुदृढीकरण र एकताबद्ध प्रयासमार्फत पार्टीलाई थप मजबुत बनाउने आवश्यकता औंल्याउनुभयो। जसपा नेता उमाकान्त झाले लोकतान्त्रिक मूल्य र जनआकांक्षामा आधारित राजनीति अघि बढाउन सबै कार्यकर्तालाई सक्रिय रहन आग्रह गर्नुभयो। मेयर हरि मण्डलले स्थानीय तह र केन्द्रीय प्रतिनिधित्वबीच सहकार्य भएमा मटीहानी नगरपालिकाको विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो।

भेटघाट कार्यक्रमले नेता–कार्यकर्ताबीच आपसी समन्वय र उत्साह बढाएको सहभागीहरूको भनाइ छ। जसपा नेपालले जनतासँग नजिक रहेर राजनीति गर्ने आफ्नो नीतिलाई अझ प्रभावकारी रूपमा अघि बढाउने संकेत यस कार्यक्रमबाट दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार