Logout

महोत्तरी–३ मा डा. मिनाक्षी ठाकुरको नेता तथा कार्यकर्ता सँग भेटघाट अभियान तिव्र

3.3k Shares

महोत्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपाल, महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. मिनाक्षी ठाकुर (छाता छाप) को चुनावी अभियान तीव्र बन्दै गएको छ।

चुनावी अभियान अन्तर्गत डा. ठाकुरले घरदैलो कार्यक्रमलाई निरन्तरता दिँदै महिला समूहसँग विशेष भेटघाट तथा अन्तरक्रिया गरिरहनुभएको छ। भेटघाटका क्रममा स्थानीय महिलाहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षासम्बन्धी आफ्ना समस्या तथा अपेक्षाहरू राखेका छन्।

WhatsApp Image 2026-01-28 at 1.08.27 PM.jpeg

डा. ठाकुरले महिलाको सशक्तिकरण बिना समावेशी विकास सम्भव नहुने उल्लेख गर्दै महिलामैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अभियानमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको छ।

स्थानीय तहसम्म पुगेर जनताको भावना बुझ्दै अघि बढिरहेको यस चुनावी अभियानले क्षेत्र नं. ३ मा राजनीतिक माहोल थप उत्साहित बनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार