Logout

बर्जु गाउँपालिका–१ शुक्रवारे गुरूङ बस्ती शोकमा, ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

4.2k Shares

सुनसरी । बर्जु गाउँपालिका वडा नं. १ स्थित शुक्रवारे गुरूङ बस्तीमा सोमबार बिहान भएको भीषण सवारी दुर्घटनापछि गाउँ नै शोकमा डुबेको छ। आज बिहान करिब ५:३० बजे विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको मार्बल्स बोकेको ट्रक भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ सोमयाहीमा अनियन्त्रित भई दुर्घटना हुँदा गुरूङ बस्तीका पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा बर्जु गाउँपालिका वडा नं. १ निवासी २६ वर्षीय निशान्त गुरूङ, २८ वर्षीय धिरेन्द्र गुरूङ, ५० वर्षीय चन्द्रबहादुर गुरूङ, ५५ वर्षीय ब्रहम गुरूङ र ५६ वर्षीय टंकु गुरूङ रहेका छन्।

स्थानीयका अनुसार धिरेन्द्र गुरूङ तीन दाजुभाइमध्येका एक थिए। उनकी एक श्रीमती केही समयअघि नै निधन भइसकेको थियो। आज धिरेन्द्र गुरूङको पनि दुर्घटनामा परेर अल्प आयुमै ज्यान गएको छ। त्यस्तै, चन्द्रबहादुर गुरूङ आफ्नो परिवारका एकमात्र कमाउने सदस्य थिए। उनको परिवारमा चार छोरी, वृद्ध आमा र श्रीमती रहेका छन्। चार छोरीमध्ये कान्छी छोरीको विवाहका लागि उनले लामो समयदेखि रकम जम्मा गर्दै आएका थिए।IMG20260115161136.jpg

दुर्घटनापछि बिहानै घटना भए पनि सम्बन्धित निकाय तथा जिम्मेवार पक्षबाट मृतक परिवारसँग समन्वय र वार्ता नहुँदा शुक्रवारे क्षेत्र तनावग्रस्त बनेको छ। मृतक परिवारका सदस्यहरूले उचित न्याय र आर्थिक सहयोगको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।IMG20260115161230.jpg

स्थानीयवासीले दुर्घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा पीडित परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन । थप समाचार आउन बाकीँ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार