Logout

राष्ट्रिय मुक्ती पार्टी मोरङले निर्वाचन उम्मेदवार सर्वसम्मत पारित

3.7k Shares

मोरङ, पुस ११ – राष्ट्रिय मुक्ती पार्टी नेपालको मोरङ जिल्ला कमिटीले आज बसेको बैठकबाट आगामी निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सर्वसम्मतिले पारित गरेको छ।

बैठकले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुङ्ग्याएको छ। क्षेत्र नं. १ बाट राजकुमार नाल्बो, क्षेत्र नं. २ बाट माधव राजवंशी र वासुदेव प्रसाद सिंह, क्षेत्र नं. ४ बाट भुसरु खा, क्षेत्र नं. ५ बाट दिनेश राउत, चन्द्र प्रसाद राजवंशी र बलराम ऋषिदेवको नाम अनुमोदन गरिएको छ।

यस्तै, क्षेत्र नं. ६ बाट राजेन्द्र प्रसाद गुप्ता र पार्टीको आवश्यकता अनुसार कुनै पनि क्षेत्रबाट सत्यनारायण शाहलाई उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला कमिटीले जनाएको छ।

समानुपातिक तर्फ साझा ऋषिदेव, चम्पा कुमारी राजवंशी, बलराम ऋषिदेव, मन्नुलाल सिंह, रेखा देवी यादव र रिभा झाको नाम सिफारिस गरिएको छ।

जिल्ला कमिटीका अनुसार यो निर्णयले पार्टीको निर्वाचन रणनीतिलाई थप मजबुत बनाउनेछ र आगामी चुनावमा राम्रो नतिजा प्राप्त गर्न सहयोग पुर्‍याउनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार