Logout

एमाले पदाधिकारीमा एक्ली महिला प्रतिनिधित्व, पद्मा अर्याल सचिवमा निर्वाचित

1.4k Shares

काठमाडौं – नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट पदाधिकारी तहमा एक मात्रै महिला निर्वाचित भएकी छन्। सचिव पदमा पद्मा अर्याल निर्वाचित भएसँगै एमालेको शीर्ष नेतृत्वमा महिला प्रतिनिधित्व सीमित भएको छ।

बिहीबार सार्वजनिक गरिएको अन्तिम परिणामअनुसार अर्यालले १ हजार ५३० मत प्राप्त गर्दै सचिव पदमा विजयी भइन्। उनी यसअघि १०औँ महाधिवेशनबाट पनि सचिवमा निर्वाचित भएकी थिइन्।

१९ सदस्यीय एमाले पदाधिकारीमा यस पटक तीन जना महिलाले उम्मेदवारी दिएका थिए। उपमहासचिव पदकी उम्मेदवार डा. विन्दा पाण्डे र सचिव पदकी पेम्बा लामा पराजित भइन्।

१०औँ महाधिवेशनमा पदाधिकारी तहमा दुई जना महिला निर्वाचित भएका थिए। तर २०७८ सालको महाधिवेशनबाट उपाध्यक्ष बनेकी अष्टलक्ष्मी शाक्य यस पटक उम्मेदवार बनेकी थिइनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार