Logout

रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा सुनुवाइ

1.1k Shares

बुटवल – सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा सुनुवाइ तोकिएको छ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार आज उक्त मुद्दा पेसीमा चढाइएको हो। यसअघि गत हप्ता मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो। त्यसभन्दा अघि भने रवि लामिछाने पक्षका कानुनी व्यवसायीहरूले दुई पटक निवेदन दर्ता गराएर बहस स्थगित गराएका थिए।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा आफूले अपचलन गरेको भनिएको भागको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहाइको माग अस्वीकार गर्ने आदेश दिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार