3.2k
Shares
नेपालको सुन–चाँदी बजारमा आज मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १,००० रुपैयाँले बढ़ेर २,५३,१०० रुपैयाँ पुगेको छ। हिजो यो मूल्य २,५२,१०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि आज बढेको छ। तोलामा ५५ रुपैयाँले बढ्दै चाँदी ३,८०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो। हिजो चाँदीको भाउ ३,७५० रुपैयाँ थियो।
सुन–चाँदी दुवैको मूल्यमा आएको यस वृद्धि बजारमा सक्रिय कारोबारसँगै अन्तर्राष्ट्रिय मूल्यको प्रभावले भएको मानिँदै छ।